काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला बालात्कारपछि हत्या प्रकरणको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले छानविन सार्वजनिक नगरेर सरकारले निर्मलाको हत्या प्रकरणलाई ढाकछोप गर्न खोजेको आरोप समेत लगाएका छन् ।
‘बलात्कारपछि हत्या भएको दुई महिना भन्दा बढी भइसक्दा पनि सरकारले दोषि पत्ता नलगाउनुले सरकार माथि नै प्रश्न चिन्ह उठ्न सक्ने बताए’ वरिष्ठ नेता पौडेलले भने, ‘निर्मलाका दोषिलाई सरकारले कानूनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको समेत आरोप लगाए ।’
बिहीवार यूरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर स्वदेश फर्केका वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै सो कुरा बताएका हुन् । साथै उनले बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले फरक प्रसंगमा प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको आगामी भूमिका र महत्व अझ बढी भएको स्मरण गरे । त्यस्तै नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरूको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।
दश दिन लामो युरोपको बसाइका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागीता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया