कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४३ जनामा गरिएको परिक्षणबाट ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कोरोनाबाट एक जनाको ज्यान गएको छ भने ४ सय ५६ संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ ।

आज ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?