काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । विवेक सत्यालको नामबाट सार्वजनिक भएको उक्त भिडियोमा ‘मृत व्यक्तिलाई जिवित’ बनाइएको भन्दै मानिसहरुले तालि पिटिरहेको देखिन्छ ।
भिडियो भाइरल र सर्वाधिक चासोको विषय बनेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय बुटवलले भिडियो बारे अनुसन्धान थाल्यो ।
मृत व्यक्तिलाई जिवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेलाई प्रहरीले पकाउ गर्यो ।
इप्रका बुटवलले ३८ वर्षीय गोतामे सोमबार बिहान ९ बजे नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा भ्रम फैलाएको र धर्मसँग जोडिएको विषय भएकाले थप अनुसन्धानका लागि हाल उनलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुभाइएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीले लोकपथलाई जानकारी दिए ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/bibek.satyal.2/videos/759033608720437
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया