निकुञ्ज क्षेत्रमा वृद्धको शव फेला, गैँडाले आक्रमण गरेको अनुमान

लोकपथ
70
Shares

चितवन । चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्।

७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो।

शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

वडा नम्बर ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?