प्रतिनिधि र राष्ट्रियसभाको वर्खे अधिवेशन आजबाट अन्त्य हुँदै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको वर्खे अधिवेशन आजबाट अन्त्य हुँदैछ । 

बिहीवार बिहान १२ बजेबाट संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको वर्खे अधिवेशन अन्त्य हुने भएको हो । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । 

यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको हो ।

गत वैशाख २३ गतेबाट शुरु भएको वर्खे अधिवेशन अन्र्तगत मौलिक हकसँग सम्बन्धित विभिन्न १६ वटा विद्येयक पारित भइसकेका छन् भने ६ वटा आर्थिक विद्येयक पारित भएका छन् ।

वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बिहीवारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो २ बजे बस्दैछ ।  

वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?