‘ग्लोबल चेन्ज मेकर्स’ अवार्डद्वारा ३० जना सम्मानीत

लोकपथ
91
Shares

काठमाडौं । प्रोजेक्ट १०० को प्रस्तावना र मानब सद्भाव नेपालको आयोजनामा ३० जनालाई ग्लोबल चेन्ज मेकर्स अवार्ड प्रदान गरेको छ । काठमाडौंमा आयोजना भएको कार्यक्रममा विश्वभरका १५ देशका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रोजेक्ट १०० र मानब सद्भाव नेपालले कार्यक्रम आयोजना गरिएको थियो मानब सद्भाव नेपालकी अध्यक्ष नमिता घिमिरेले जानकारी दिइन् ।

उनीनीहरूको यो काम विश्वभरका युवाहरूलाई प्ररणा र थप उर्जामिल्ने भएकाले आगामी दिनहरुमा पनि युवाहरुको आवाज र ट्यालेन्ट बाहिर ल्याउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष घिमिरेले बताइन् ।

कार्यक्रममा प्रोजेक्ट १०० नेपालका प्रमुख कृष्णहरि तिमिल्सिना र मानव सद्भाव नेपालकि अध्यक्ष नमिता घिमिरेले सम्बोधन गरेका थिए ।

समाजमा सकारात्मक परिवर्तन ल्याउनका निमित्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा मन्त्री गहतराज अथक, सांसद डाडिला संग्रौला तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, अन्तराष्ट्रिय युवा सञ्जाल, कर्पोरेट जगत, नागरिक समाज संगठनहरू, मिडिया, व्यावसायिक निकायहरू, शिक्षाविद् र अन्तर्राष्ट्रिय समुदायका प्रमुख निर्णयकर्ताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?