मन्त्रिपरिषद् बैठक : निर्वाचन सुरक्षा, सरुवा र बढुवा केन्द्रित छलफल

लोकपथ
0
Shares

काठमाडाैं । सिंहदरबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबार जारी बैठकमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले जनाएको छ । बैठकमा मन्त्रालयगत विभिन्न एजेण्डामा छलफल गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, तथा नियुक्तिको निर्णयको कार्यसूची रहेका छन् । बैठक बिहान १० बजेदेखि जारी छ । त्यस्तै विभिन्न सहायता सम्वन्धी निर्णय समेत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?