दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई नेपाल ल्याईँदै

लोकपथ
42
Shares

काठमाडौं । कृषी तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ ।

हेफर इन्टरनेशनलमार्फत मन्त्रालयले दक्षिण कोरियावबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।

हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपूग्नेछन् ।

पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साढेँ र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।

कृषि मन्त्रालयले सबै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार कोरियाबाट ल्याईने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुलीस्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ ।

साँढे र गाई ल्याउने सम्पूर्ण खर्च हेफरले नै ब्योहोर्ने छ । कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियाबाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?