कोरोना अपडेट : थप २ सय ८६ जनामा संक्रमण

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय २३ जनामा गरिएको परिक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार कोरोनाबाट २४ घण्टामा कसैले पनि ज्यान गुमाएका छैनन् । सो अवधीमा ४ सय ७९ जना कोरोना  संक्रमण मुक्त भएका छन् भने ४ हजार ३ सय ४३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

योसँगै अब देशभरमा ४ हजार ३ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?