नेता गिरीको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा उपराष्ट्रपति नन्दबहादुर पुनले दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

उपराष्ट्रपतिको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता गिरीको निधनमा शोक व्यक्त गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ ज्यूले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरीज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले माननीय प्रदीप गिरीज्यूको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?