प्रदीप गिरीको अन्तिम बिदाई गर्न नेताहरु सानेपामा (फोटोफिचर)

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता प्रदीप गिरीको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ । सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर नेताहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै, नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा.प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरीको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ । सानेपामा नेता गिरीप्रति श्रद्धाञ्जली दिन नेताहरु पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?