नेता गिरीको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

लोकपथ
13
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । समाजवादी चिन्तक गिरीको निधनबाट ’हामीले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएका’ उनले उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दिवंगत गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ ।

म दिवंगत प्रदीप गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपति भण्डारीद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?