श्री ३  केपी ओली भन्दै संसदमा यसरी कड्किए गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बहुचर्चित बूढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गजुवालाई बनाउन दिने सरकारी निर्णयको कडा आलोचना गरेका छन् ।

बुधबार बसेको संसद बैठकमा थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको आरोप लगाए ।

‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्यो । निर्णय भन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो ।

प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ ।  हाम्रो पनि त्यस्तै अनुभव भयो’ थापाले संसदमा भने, ‘तर संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ?

तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले विरोधमा बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गरेको थियो । तर तत्कालिन कृषि तथा जलस्रोत समिति र अर्थ समितिले  बूढीगण्डकी बारे सरकारले गरेको निर्णय कानूसम्मत नरहेको ठहर गरेको थियो ।’

सो निर्णयलाई वेवास्ता गर्दै हाल आएर फेरि  सरकारले सोही कम्पनीलाई किन बूढीगण्डकी निर्माणको ठेक्का दियो भन्दै उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?