मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवर्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध युवा विभागले सयौँको संख्यामा र्याली निकालेको हो ।

विरोध र्याली माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरु जिहादी प्रवर्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर, चिनियाँ विस्तारवाद मुर्दावाद तथा हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।

No description available.

युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवर्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरेका छन् ।

त्यस्तै, अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, लगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादवलगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवर्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?