कोरोना अपडेट : २ सय ९९ जना संक्रमित थपिँदा २ जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनामा गरिएको परिक्षणमा थप २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयमा ५ सय ७७ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनाले संक्रमणबाट ज्यान गुमाएका छन्

हाल देशभरमा ४ हजार ६ सय २५ जना सक्रिय संक्रमित रहेको र आज मात्रै १८ हजार ६ सय ७० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?