नेकपाका अध्यक्ष प्रचण्ड आज सिंगापुर जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर जाने भएका छन् । 

पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ अध्यक्ष प्रचण्ड सिंगापुर जान लागेका हुन् । 

पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?