१० आश्विन २०७९, सोमवार

पाल्पामा आज भगवती जात्रा मनाइँदै

२०७९,भाद्र,४,शनिवार ११:३४

126
Shares

काठमाडौं । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ ।

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१-१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय
उत्सव मनाउन थालिएको हो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दुरजात्रा निकाल्ने परम्परा शुरु हुन्छ
। बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाइन्छ ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको बताइन्छ । विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइने यो ऐतिहासिक रथ यात्राले २ सय ३ वर्ष पूरा गरेको छ ।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की,
रुपन्देही, काठमाण्डौ लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।

प्रकाशित मिति: २०७९,भाद्र,४,शनिवार ११:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले

ताजा समाचार

गौतम धिमाललाई आईपीए अवार्ड
 २०७९,आश्विन,१०,सोमवार १६:११