११ फाल्गुन २०८०, शुक्रवार

विद्युत प्राधिकारणको लापरबाहीले एक बालक गम्भिर घाइते

२०७९,भाद्र,३,शुक्रवार २०:३०

81
Shares

मकवानपुर । नेपाल विद्युत प्राधिकारणको लापरबाहीले गर्दा थाहा नगरपालिका-९ मा एक बालकलाई करेन्ट लागेको छ । नगरपालिकाको वडा नम्बर ९ चित्लाङ्ग खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ्ग गम्भीर घाइते भएका छन् ।

करेन्ट लाग्दा उनको हात छिनेको छ । उनको शरिरको विभिन्न भागमा गम्भिर क्षती पुगेको छ । उनको अहिले किर्तीपुरस्थित बर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको अवस्था अत्यन्त गम्भिर रहको डाक्टरहरुले बताएका छन् । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो ।

खेल्ने क्रममा घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको बताइएको छ । केही समय अगाडी मात्र निर्माण भएको ३३ हजार केवीए लाइनको पोल पुरै ढल्केको र तार पनि जमिनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नभएको स्थानिय सानुकान्छा तामाङ्गले बताएका छन् । उनका अनुसार गाउँलेहरुलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनले,“केही समय अघिमात्र प्राधिकरणबाट निरिक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, तर पोल र तार व्यवस्थित नगरि लाइन नछोड्न भनेका थियौं । उनीहरुले पनि सबै व्यवस्थीत भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । यही सुचना थाहा हुन्थ्यो भने आजको घटना घट्ने थिएन कि? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”

यस विषयमा प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबै तिरको माटो नै बग्नेखालको हुने खालको भएकाले पोलहरु ढल्कीने र त्यसरी पोल, तारमा केही समस्या आए बितरण केन्द्रले हेर्ने हुँदा उनीहरुसँग बुझेर मात्र के भएको हो भन्न सक्छु भने ।

प्रकाशित मिति: २०७९,भाद्र,३,शुक्रवार २०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार छिटपुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो

काठमाडौं । मुख्य पात्रको भूमिकामा कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह रहने फिल्म ‘रुमानी रङ’को राजधानीमा एक कार्यक्रमबीच घोषणा

चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा दुईवटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उदघाटन गरिएको छ

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने

ताजा समाचार

एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
 २०८०,फाल्गुन,११,शुक्रवार १०:३४
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
 २०८०,फाल्गुन,११,शुक्रवार १०:२५
काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा
 २०८०,फाल्गुन,१०,बिहीवार १७:३४