पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
182
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ४५ जनामा गरिएको कोरोना परिक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधीमा ४ सय ८७ जना संक्रमणमुक्त भएका छन् भने अहिले देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ९ सय ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने उक्त समयमा कसैको पनि ज्यान गएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?