पश्चिम तराईका थारु समुदायले मनाए परम्परागत हरेरी पूजा

लोकपथ
78
Shares

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा गर्दै आएका थारु समुदायले यसवर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् ।

धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा मनाउने गरिन्छ । धान रोपाईं सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाँउभरका मानिसहरुले रकम संकलन गर्ने र संकलन भएको रकमले पूजा सामग्री किनेर देवी देवतालाई चढाउने गरेको स्थानीयको भनाई छ ।

किसानहरुले मिठाई किनेर देवी मातालाई चढाउने जनावरहरुलाई खुवाउने र देवी देवताहरुको मूर्ती बनाएर पूजा गर्ने चलन छ । हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि हुने र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाँउपालिका ५ बरघरका गोविन्दप्रसाद थारुले बताए ।

उनकाअनुसार थारुहरुको ‘दानवा’ भन्ने देवताले धानमा किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने गर्छन् । हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याध पनि नलाग्ने थारु समुदायको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?