१० आश्विन २०७९, सोमवार

चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०७९,भाद्र,३,शुक्रवार ११:२०

0
Shares

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाण्डौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किएको थियो । ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,३,शुक्रवार ११:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । सोमवार

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक

काठमाडौं । नेपाल वायुसेवा निगमले सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार सोमवार (आज)बाट आफ्नो उडान

लमजुङ । समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८