बन्चरेडाँडामा आज २८४ गाडीले पुर्‍याए काठमाडाैंकाे फोहोर

लोकपथ
77
Shares

काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बन्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ ।

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?