कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा संक्रमण पुष्टि

लोकपथ
13
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनामा गरिएको परिक्षणबाट ५४२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट उक्त अवधीमा कसैले पनि ज्यान गुमाएका छैनन् । यस्तै २४ घण्टामा ४ सय २१ जना कोरोना  संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभरमा ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?