काठमाडौं । काठमाडौं, मकवानपुर, झापा र धादिङबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट ३५० ग्राम गाँजासहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपलिका–१० न्युरेनीबाट ३०५ ग्राम खैरो हेरोईनसहित सोही उपमहानगरपलिका–३ बस्ने १९ वर्षीय राजेन्द्र कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक ग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका–११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट करिब २६४ केजी गाँजासहित सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवा जान लागेको ग।१ ख ९७५४ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रक चालक तामाङलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया