बालेन र साम्पाङकाे फेुसबुके रमिता !

लोकपथ
806
Shares

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे ! ’ यो धरानका मेयर हर्क साम्पाङको फेसबुक स्टाटस हो ।

‘हो नि.. ‘तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ यो चाहीँ साम्पाङको स्टाटसमा काठमाडौंका मेयर बालेन शाहले गरेको कमेण्ट (प्रतिक्रिया) हो ।

यसरी आज साँझ हर्क साम्पाङ र बालेन साहको सामाजिक सञ्जालमै जुहारी चल्यो । दुई मेयरबीचको जुहारीमा मजा लिने सामाजिक सञ्जाल प्रयोग कर्ता पनि कम छैनन् ।

साम्पाङको उक्त स्टाटसमा बालेनले कमेण्ट गरेपछि साम्पाङले पुनः अर्को स्टाटस पनि राखेका छन् । जसमा उनले भनेका छन्,‘ देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।’

यहाँ साम्पाङले बालेनलाई नै लक्षित गर्दै ‘मुख बजाउन छोडेर पाखुरा बजाउ नालायक’ भनेका छन् । जसले फेरी जुहारीको अर्को स्वरुपलाई निम्तो दिने पक्का छ ।

देशका दुई चर्चित स्वतन्त्र मेयरबीचको यो खीचातानीले दुबैका समर्थकलाई भने निराश बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?