१८ आश्विन २०७९, मंगलवार

इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवस : आइएमई कम्प्लेक्स परिसरमा झण्डोत्तलन

२०७९,भाद्र,१,बुधबार २०:२५

45
Shares

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय  रहेकाे आइएमई कम्प्लेक्स परिसरमा झण्डोत्तलनको कार्यक्रम गरिएकाे छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतएवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन् ।

कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामि दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामि दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीच व्यापारको परिमाण पनि ठूलो रहेको छ ।

झण्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियनमूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागलुङ । देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ

काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौंथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै आइतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले युवा तरुण विना देशको विकास र समृद्धि अकल्पनीय रहेको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४