रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एकजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक व्यक्ती पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ घर भई हाल काठमाडौंको सिनामंगलस्थित प्रेश्टिज एचआर मेनपावर प्रालिका सञ्चालक ४० वर्षीय छविलाल भट्टराईलाई प्रहरीले समातेको हो ।

भट्टराईले हिमाल खनाललगायतका व्यक्तीहरुलाई जागिर लगाईदिने प्रलोभनमा पारेर रोमानिया पठाईदिने भन्दै रकम लिएर फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाका अनुसार भट्टराईलाई वैदेशिक रोजगार विभागले पक्राउ गर्न भन्दै महाशाखामा पत्राचार गरेको र सोही अनुरुप खोजतलाश गर्दा आज उनलाई काठमाडौंको मिनभवनबाट पक्राउ गरिएको हो ।

हाल उनलाई आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?