दार्चुलामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ९ जना घाइते

लोकपथ
169
Shares

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले लोकपथलाई दिएको जानकारीअनुसार से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

‘घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरी टोली भर्खर त्यहाँ पुगेको छ,’ उनले भने, ‘उद्धारको कार्य भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?