कोरोना अपडेट : थप ८५२ जनामा संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । ६ हजार ३ सय ८३ जनामा गरिएको गरिएको परिक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधीमा ३ सय २८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?