नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेकपामा प्रवेश

काठमाडौं ।  नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् । 

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने बताए। मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरे । 

तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए। कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थप गरेका थिए। 

वर्तमान सरकार गठन भएसँगै दाहालले राजीनामा दिएका थिए। दाहालको राजीनामापछि अध्यक्षमा महेन्द्र विष्टलाई नियुक्त गरिएको छ।

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?