२१ आश्विन २०७९, शुक्रवार

पूर्वउपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ पुस्तक लोकार्पण

२०७९,भाद्र,१,बुधबार १६:०७

54
Shares

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पराष्ट्रपति पुनले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताए । सर्वाेच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भावनाका तरंगहरू मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नुपर्ने कर्तव्यहरू धेरै भएको बताए । पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भट्राईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्रकुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेशका धेरै मुद्दा अझै नसकिएको बताए । पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै घटना पुस्तकमा आए पनि अझै धेरै कुरा छुटेको बताए ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । गत बुधवार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरीएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बिहीबार बाहिरीएको जसपा अब

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४