१७ आश्विन २०७९, सोमवार

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप

२०७९,भाद्र,१,बुधबार १३:४५

81
Shares

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ ।

सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए । अस्पताल भर्ना गरेपछि एकपटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी लिएपनि थप व्यथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआउँदा गर्भमा शिशुको मृत्यु भएको प्रमोदको आरोप छ ।

चिकित्सकले समयमा चेकजाँच नगर्दा उपचारको अभावमा सोमबार राति साढे ८ बजे शिशु मृत जन्मिएको बताए । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले गर्भवती महिलाको उपचार लापरबाही नभएको बताए । उनले भने, ‘बच्चाको सालनालले घाँटीमा बेरिएर दिसा खाएर बच्चाको मृत्यु भएको हो ।’

कतिपय केसमा सावधानी अपनाउँदा पनि यस्ता दुखद् घटना हुने गरेको बताउँदै मेसु डा.साहले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप निराधार रहेको बताए ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १३:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ ।

भैरहवा । लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५