श्री सेतीदेवी आधारभूत विद्यालय अध्यनरत विद्यार्थीहरुलाई Asta-ja-USA को पुनः सहयोग

लोकपथ
91
Shares

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पुनः सहयोग ( Asta-ja-USA द्धारा प्रायोजित) गरेको छ । कार्यक्रममा ३५ जना विपन्न वर्गका विद्ययार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री , ट्रयाक सुट लगायत सममग्री वितरण गरिएकोे थियो ।

कार्यक्रममा Asta-ja-USA का प्रेसिडेन्ट डा. दुर्गा दत्त पौडेलले अमेरिका माफर्त सहयोगको व्यवस्था मिलाउनु भएको बताइएको छ । प्रमुख अतिथि चन्द्रगिरी नगरपालिका ८ का वडा अध्यक्ष प्रल्लाद रिजाल, अतिथि समाजसेवी श्री जीवन बुढाथोकी, अतिथि चन्द्रागिरी कुसिरो युवा क्लबका अध्यक्ष श्री केन्द्र महत, प्रधानध्यापक श्री उद्धव भण्डारी ,  Asta-ja-USA का प्रेसिडेन्ट डा. दुर्गा दत्त पौडेल, Asta -Ja-RDC का अध्यक्ष पुष्प लाल मोत्तान , कार्यक्रमका संयोजक विदुर कोइराला ,साथै Asta -Ja-RDC का सदस्यहरु उप–प्राध्यपक प्रतिभा पण्डित, चन्दा कुमारी सिंह, रीता पुर्काेटी, अभिनाश उपाध्याय, बद्रि भण्डारी लगायत  सदस्यहरुको सहभागितामा कार्यक्रम संचालन एवं समापन भएको थियो ।

साथै  Asta-ja का प्रेसिडेन्ट डा. दुर्गा दत्त पौडेल र च न पा-८ का अध्यक्ष प्रल्हाद रिजालले वृक्षारोपन गरि बुवापानी गैरिगाउँ मातातिर्थ उद्यानको समुद्घाटन गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?