२१ आश्विन २०७९, शुक्रवार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण

२०७९,श्रावण,३१,मंगलवार १८:०५

54
Shares

काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दीक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागिहरूलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरू संजय महर्जन, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

निलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरानमा आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै नै ठूलो योगदान पुग्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४