थप ८४८ जनामा कोरोना संक्रमण

लोकपथ
156
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ५ हजार ६१९ जनामा गरिएको परिक्षण गर्दा ८४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परिक्षण गर्दा ३९९ जना र एन्टीजेन २ हजार ८९७ जनाको परिक्षणमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा ५२६ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २५९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?