२१ आश्विन २०७९, शुक्रवार

सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व हो : मन्त्री श्रेष्ठ

२०७९,श्रावण,३१,मंगलवार १९:१५

54
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज(मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, बचत परिचालन र लगानीका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

उनले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई बचत तथा ऋण कारोवारमा बढी केन्द्रीत हुँदै गईरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हुदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि उनले बताएकी छन् ।

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरुको पूर्ण परिपालन, सहकारी मुल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने उनको धारणा छ ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवद्र्धनको दिशातर्फ अघिबढी रहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाई छ ।

उनका अनुसार नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण संभव भएको र नियामक निकायको रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवम् स्थानीय सरकारबीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्

ताजा समाचार

बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२