मार्बल बोकेको गाडी र जीप ठोक्किँदा दुई जनाको मृत्यु

लोकपथ
91
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?