प्रहरीले बुझायो हराएका सवारी साधन सम्बन्धित धनिलाई

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २५ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा उपत्यकाका विभिन्न स्थानबाट हराएका उक्त साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गरेका हुन् । उपत्यका र उपत्यका आसपासका क्षेत्रमा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयम सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

गत आर्थिक वर्ष ७७/७८ मा ४ सय १९ ओटा, ७८/७९ मा ५ सय ६ र यही साउन महिना भरी ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ९९ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीका लागी बिभिन्न प्रहरी कार्यालयहरुमा पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ तथा नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिनुका साथै, नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?