१७ आश्विन २०७९, सोमवार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना पक्राउ

२०७९,श्रावण,३१,मंगलवार १३:३५

72
Shares

काठमाडौं । काठमाडौं, उदयपुर र झापाबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम लागुऔषध खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पर्सा वीरगन्ज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ केजी ४ सय ग्राम गाँजाको धुलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का २२ वर्षीय सुजन स्याङतान रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुलचोक बेल्टारबाट करिब २ केजी ५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय मंगल बहादुर विश्वकर्मा छन् ।

उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उता, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खा छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १३:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ ।

भैरहवा । लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५