१७ आश्विन २०७९, सोमवार

नेपालमा दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रियो

२०७९,श्रावण,३१,मंगलवार १२:५४

81
Shares

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मुल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो ।

कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ ।

बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड ९७ लाख ६३ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

सो अवधिमा २ लाख ६१ हजार ४७६ थान कन्सेनट्रेटर र २९ हजार ९०३ भेन्टिलेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १० करोड ७३ लाख ६१ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ लाख ३७ हजार रुपैयाँको २ लाख २२ हजार १८८ थान अक्सीजन कन्सेनट्रेटर र १ अर्ब १० करोड ६५ लाख २४ हजार रुपैयाँको ३ हजार ७६५ थान मेडिकल मेन्टिलेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६७ करोड २४ लाख २ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो वर्ष १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको ३९ हजार २८८ थान अक्सीजन कन्सेनट्रेटर र ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँको २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १२:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिंदै उनले

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ ।

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५