१८ आश्विन २०७९, मंगलवार

रातको समयमा कोहेलपुर-सुर्खेत खण्डमा दुई पाङग्रे सवारी चलाउन प्रतिबन्ध

२०७९,श्रावण,३१,मंगलवार ११:२३

684
Shares

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ ।

गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।

सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए पछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिप्रका सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार दिउँसो पनि चार पाङग्रे सवारीका साथै लागेर दुई पाङग्रे सवारी सुरक्षाकर्मीको निर्देशनमा मात्रै चलाउन पाइनेछ ।

आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भए पछि आइतबार देखी नै आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए ।

सो प्रर्दशन पछि सोमबार अवेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

रौतहट । रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको

काठमाडौं । यस वर्षको दसैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापिय रेखा सरदर

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का वर्ष ४५

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४