१९ आश्विन २०७९, बुधबार

मर्स्याङदी गाउँपालिकामा छनोट भएका योजना वैशाख मसान्तभित्र सक्ने समयसीमा तोकियो

२०७९,श्रावण,३१,मंगलवार ११:१७

27
Shares

लमजुङ । मर्स्याङदी गाउँपालिकाले चालू वर्षका लागि समयसीमा तोकेर योजनाको काम थालेको छ । आर्थिक बर्ष ०७९/०८० का लागि छनोट भएका योजना आगामी वैशाख मसान्तभित्र सक्नेगरी समयसीमा तोकेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन समयसीमा तोकेर चालू वर्षको काम सुरु गरिएको बताए । गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिकाअनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म लिन सकिने अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाले योजनाहरुको टेण्डर निष्काशन ०७९ भदौ १५ गतेसम्म, उपभोक्ता समिति गठन ०७९ भदौ मसान्तसम्म , उपभोक्ता समितिको तालिम असोज १५ गतेसम्म, प्राविधिक स्टिमेट पुस १५ गतेसम्म, योजना सम्झौता माघ १५ गतेसम्म र योजना सम्पन्न ०८० वैशाख मसान्तसम्म सक्ने समयसीमा तोकेको छ ।

असार मसान्तमा हतारहतार विकासे योजना सक्ने परिपाटीको अन्त्य गरी उक्त व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै बर्षातको समयअगावै योजना सक्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार वैशाख महिनाभित्रै सबैखाले योजनाका निर्माण तथा मर्मत कार्य सम्पन्न गर्ने निर्णय गरेको हो । विकास निर्माणलाई गुणस्तरीय र दिगो बनाउन चालू आर्थिक वर्ष सकिन दुई महिना अगावै योजना सक्ने निर्णय गरेको बताए । उनका अनुसार योजना सम्झौता गर्दा १० लाख रुपियाँसम्मको योजना वडा कार्यालयबाट सम्झौता गर्ने व्यवस्था मिलाएको छ । १० लाखभन्दा माथिको योजना भने गाउँपालिकामा सम्झौता गर्ने व्यवस्था मिलाइएको छ । वडाबाट योजना सम्झौता हुने निर्णय लमजुङका ८ वटा पालिका मध्ये मर्स्याङ्दीले पहिलोपटक सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

रौतहट । रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन । भाकल दिने नाउँमा करोडौंको बोकाको

काठमाडौं । यस वर्षको दसैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापिय रेखा सरदर

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का वर्ष ४५

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४