आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए ।
यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया