बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
169
Shares

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं महानगरपालिका २३ स्थायी घर भई हाल सोही महानगरपालिका १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।

सिआईबीका अनुसार प्रतिवादी श्रेष्ठसहितले ज्योति बिकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा प्रतिवादी श्रेष्ठलालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो ।

सजाय तोकिए पश्चात फरार रहेका श्रेष्ठलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले आज सोमबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाईएको र आजै अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको सिआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?