सर्वोच्चले माग्याे भुवन केसीकाे नियुक्ति निर्णयको फाइल

लोकपथ
130
Shares

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ ।

नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो ।

साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रवार रिट दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?