२१ आश्विन २०७९, शुक्रवार

बाघले चितवन राष्ट्रिय निकुञ्जका तीनवटा गोही खायो

२०७९,श्रावण,३०,सोमवार १३:५१

225
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए।

बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो। सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’

गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १३:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

काठमाडौं । नुवाकोट ककनी गाउपालीका – १ मा सडकमा एक्कासी आएको भेलले मोटरसाइकल बगाउदा १ जनाको मृत्यु भएको छ भने

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर)

बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४