राजनीतिक दलको अवरोध, फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए

लोकपथ
91
Shares

काठमाडौं । फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै स्थानीय तीन राजनीतिक दलले गरेको अवरोधका कारण कुदुले बन्चरे ल्यान्डफिल साइडमा फोहोर फाल्न गएका गाडी बीच बाटोमै रोकिएका छन् ।

काठमाडौं महानगरपालिका लगायत अन्य पालिकाहरुहले फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै तीन राजनीतिक दलले आइतबार पत्र लेख्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए । धादिङ र नुवाकोटको सीमानामा सिसटोल र कुडुल्ले बन्चरेमा फोहोर अव्यवस्थित तरिकाले फालिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) धुनिबेशी नगरपालिका वडा कार्यसमितिले पार्टीको नगरपालिका कार्यसमितिलाई पत्र लेखेका थिए ।

फोहोरका कारणले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको र विभिन्न दीर्घ रोगले स्थानीय बासिन्दा पीडित भइरहेको जनाउदै उचित व्यस्थापनका लागिसमेत माग गरेका छन् । पटकपटक फोहोर व्यवस्थापनका लागि आग्रह गरिएपनि कार्यान्वयन र समस्या समाधानका गर्नतर्फ सम्बन्धित निकायले लागि ध्यान नदिएको आरोप लगाइएको छ ।

फोहोरमाथि राजनीति गरिएको आरोप 

फोहोरमैला जस्तो संवेदनशील विषयमा समस्या समाधान तथा व्यवस्थापन विकल्प नखोजिएको राजनीतिक दलको आरोप लगाएका छन् । दीर्घकालिन फोहोर व्यस्थापनका लागि पहल नगरी जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई हल्का रुपमा लिइए आगामी संघ र प्रदेश निर्वान बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

स्थानीयले भने राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप छ । स्थानीयले फोहोरमा राजनीति गर्नेहरुसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताए । उनले राजनीति गर्नेहरुलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताए ।

अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?