निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्थाहले १५ दिनभित्र आवेदन दिनुपर्ने

लोकपथ
65
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई पन्ध्र दिनभित्र आवेदन दिन भनेको छ ।

आज आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन सम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा विश्वसनियता अभिवृद्धि गर्ने उद्देश्यले आयोगको निर्णयानुसार यसका लागि इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई आवेदन दिन भनिएको हो ।

आयोगले प्रकाशन गरेको सूचनाका अनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले हिजो (शनिवार) निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?