१८ आश्विन २०७९, मंगलवार

बारामा स्कोर्पियोको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

२०७९,श्रावण,२९,आईतवार १८:४७

63
Shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

पथलैया वीरगन्ज सडकखण्डमा रहेको महागढी पेट्रोल पम्प नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकललाई दिउँसो ३:३५ बजेतिर ठक्कर दिँदा साइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनामा परेर साइकल चालक भारत घर भई हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–२४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार १८:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४