दीर्घकालीन फोहोर व्यवस्थापन गर्न तीन राजनीतिक दलको माग

लोकपथ
130
Shares

काठमाडौ । काठमाडौं महानगरपालिका लगायत अन्य पालिकाहरुहले फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै तीन राजनीतिक दलले ध्यानाकर्षण गराएका छन् ।

धादिङ र नुवाकोटको सीमानामा सिसटोल र कुडुल्ले बन्चरेमा फोहोर अव्यवस्थित तरिकाले फालिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) धुनिबेशी नगरपालिका वडा कार्यसमितिले पार्टीको नगरपालिका कार्यसमितिलाई पत्र लेखेका हुन् ।

फोहोरका कारणले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको र विभिन्न दीर्घ रोगले स्थानीय बासिन्दा पीडित भइरहेको जनाउदै उचित व्यस्थापनका लागिसमेत माग गरेका छन् । पटकपटक फोहोर व्यवस्थापनका लागि आग्रह गरिएपनि कार्यान्वयन र समस्या समाधानका गर्नतर्फ सम्बन्धित निकायले लागि ध्यान नदिएको आरोप लगाइएको छ ।

दीर्घकालिन फोहोर व्यस्थापनका लागि पहल नगरी जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई हल्का रुपमा लिइए आगामी संघ र प्रदेश निर्वान बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?